logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान


अंकुरण खबर
676
Shares

प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।

आज प्रदेश १, बागमती र गण्डकीका पहाडी  क्षेत्रमा आंशिक बदली रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।