नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाले ओरालो लागेको छ ।
आज छापावाला सुन तोलामा ९४ हजार तीन सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ६०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।