नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीति हाक्नका लागि १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज (सोमवार) काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएकाले अबको कांग्रेस पार्टीको सवलिकृत गर्नका लागि १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिन लागेको बताएका हुन् ।
‘कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गर्यो,’ सिंहले भने । उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्याउनुपर्ने बताए।
‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भने, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु।