logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ


अंकुरण खबर
806
Shares

गौरीगंगा नगरपालिका-९ शंकरपुरबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु सहित लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मसुरिया र अस्थाई ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।