logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको ३५१ सदस्यीय किसान महासंघ गठन


अंकुरण खबर
741
Shares

नेकपा (एकीकृत समाजवादी) ले बलराम बास्कोटाको नेतृत्वमा ३५१ सदस्यीय सदस्यीय अखिल नेपाल किसान महासंघ गठन गरेको छ।

महासंघका नौ उपाध्यक्षमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का छन्।

महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा, बतहु यादव, भरत फुयाँल, शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल खत्री, प्रेमा अधिकारी, हनुमान चौधरी, कृष्ण नेपाली र पूर्ण बुढा छन्।

महासंघका पदाधिकारी र सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन्।