logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्याग्दीमा आफ्नै हजुरबुबाबाट सात वर्षिया बालिका बलात्कृत


अंकुरण खबर
1.066K
Shares

म्याग्दीमा एक सात बर्षिया बालिका आफ्नै बलात्कृत भएकी छन् ।

शनिबार सात बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएकी हुन् । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसनधान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घटना बेनी नगरपालिकाभित्रकै हो । आफ्नै घरमा नै हजुरबुबाले नातिनिलाई जवरजस्ती करणी गरेको खवर आएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर निजलाई पक्राउ गरि आबश्यक अनुसंधान र कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिए ।

उनका अनुसार, नियन्त्रणमा लिईएका व्यक्तिलाई जवरजस्ती करणी मुद्धा शिर्षकमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसंधान भैरहेको छ ।