logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थपिए ४१६ कोरोना संक्रमित, निको हुने २७० जना, एकको मृत्यु


अंकुरण खबर
728
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ४१६ जना कोरोना संक्रमित थपिएका छन्।

७,५५४ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६७ र ४,४४८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९८,५४४ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४७८ पुगेको छ।

अहिले देशभरिमा ७,३११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,७७९ जना होम आइसोलेसनमा र ५३२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी २२५ जनाको आईसियुमा उपचार भइरहँदा ६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।