logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


अंकुरण खबर
741
Shares

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले विश्वासको मत लिने भएका हुन्। यसका लागि उनले आइतबार नै प्रदेश सभा सचिवालयमा सूचना दिएका थिए।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रदेश सभामा ९२ सांसद छन्। मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ।

अहिले एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १९१ जना प्रदेश सांसद छन्।

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थनमा एकीकृत समाजवादीका राई मुख्यमन्त्री नियुक्त भएका थिए। उनको पक्षमा गठबन्धनका ५० जना सांसद रहेका छन्।