प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबारका लागि पेसी तोकेका छन्।
सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन्।
प्रधानन्यायाधीश राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका छन्। उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् ।
उनले आज आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ।
आफ्नो राजीनामा माग गर्दै न्यायाधीश र बार एसोसिएसन आन्दोलनमा उत्रिरहँदा प्रधानन्यायाधीश राणाले संवादका लागि अपिल गरेका छन्। उनको अपिल बारले अस्वीकार गरेको छ ।