नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० तोकिएको थियो।
यस्तै, आज चाँदीको मूल्य सोमबारका तुलनामा १० ले वृद्धी भएर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ।