logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि व्यवसायीद्वारा भाडादर बढाउन माग


अंकुरण खबर
1.339K
Shares

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ।

महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन।

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा रु १०४ बाट रु १५ बढाएर रु ११९ पुर्याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ। महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ। रासस