logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा साझा यातायातको बसमा विप्लव कार्यकर्ताद्वारा तोडफोड


अंकुरण खबर
1.612K
Shares

नेपाल बन्दको दिन बस चलाएको भन्दै विप्लव कार्यकर्ताले ललितपुरमा साझा यातायातको एक बसमा तोडफोड गरेका छन्।

ललितपुरको ईट्टीचोक महायन पेट्रोल पम्प अगाडि आज बिहान साढे ८ बजे ढुंगा हानेर बस तोडफोड भएको प्रहरीले जनाएको छ।

रत्नपार्क-लुभू-लामाटारको रूटमा चल्ने बा ५ ख ८७५५ नम्बरको बसमा क्षति पुगेको हो। बसको अगाडिको सीसामा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

बस तोडफोड गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ।