प्रहरीले बेसीसहर नगरपालिका-११ रामचोकबेसीबाट जुवा खेल्दै गरेको अवस्थामा नौ जना जुवाडेलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूलाई सोमबार राति १ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीको नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट नगद एक लाख १५ हजार नौ सय २५ रुपैयाँसहित १६ गोटी कौडासमेत बरामद गरेको छ।
पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।