logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


अंकुरण खबर
611
Shares

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान ११:३० बजेसम्मका लागि स्थगित भएको हो ।

विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत नभएपछि बैठक शुरु भएको थियो ।

तर आजको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार ११:३० बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।