पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोरोना संक्रमित थपिएका छन् ।
९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जना संक्रमित थपिएका हुन् ।
आज १७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।
अहिले देशभर ६ हजार ९८४ जना होम आइसोलेसनमा, ४९२ जना संस्थागत आइसोलेसनमा, २१९ जना आईसीयू तथा ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।