logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ का उद्योगमन्त्री रामनरेशराय यादव बर्खास्त


अंकुरण खबर
2.067K
Shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री यादवलाई बर्खास्त गरेका हुन्। मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भए बमोजिम मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरिएको थियो । तर राजीनामा नदिएपछि यादवलाई मुख्यमन्त्रीले पदमुक्त गरेको अर्थमन्त्री साहले बताए ।