logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
1.261K
Shares

बोलेरोले ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेटमा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ मा भैंसी बोकेको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरोले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए।