logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अदालतको समस्या अदालतभित्रैबाट समाधान हुनुपर्छः अध्यक्ष दाहाल


अंकुरण खबर
832
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन्।

प्रदेश २ को जनकपुर विमानस्थलमा बुधबार अध्यक्ष ‘प्रचण्ड’ले अदालतमा देखा परेका समस्याप्रति यस्तो प्रतिक्रिया दिएका हुन्।

महोत्तरी जिल्लाको एक कार्यक्रममा सहभागी हुन आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले मंगलबार बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले गम्भीर ध्यनाकर्षण गरेको जानकारी दिए ।

उनले अदालतको समस्या चाँडो भन्दा चाँडो समाधान हुने विश्वासन व्यक्त गरे । सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्दै आफूहरुले सन्तुलित वक्तव्य समेत दिएको जानकारी दिए ।

अध्यक्ष ‘प्रचण्ड’ले ,‘अचानक स्वास्थ्यमा समस्या देखापरेपछि कात्तिक २७ गते हुने कार्यक्रम स्थगित भएकोमा दुःख समेत व्यक्त गरे ।

अध्यक्ष प्रचण्डको उपस्थितिमा महोत्तरी जिल्लाको रामगोपालपुरमा आमसभा भेला, पार्टी प्रवेश तथा आठ वटा उपस्वास्थ्य चौकीको एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ