प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त प्रस्तावमाथि मतदान भएको थियो ।
मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५० सांसदले समर्थन गरेका छन् । यस्तै २९ सांसदले भने विपक्षमा मत दिएका छन् ।
प्रदेशसभा नियमावली मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । राई पाँच दलीय गठबन्धनको तर्फबाट दुई साता अघि अर्थात कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । तर बुधबार भएको मदविभाजनमा सभामुख बाहेक ७९ सांसदले मतदान गरेका थिए ।
योसँगै बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।