तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
बर्दियाको मधुवन नगरपालिका–६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।