logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झन्डै १७ अङ्कले बढ्यो नेप्से 


अंकुरण खबर
806
Shares

शेयर बजार परिसूचक नेप्से आज बुधबार पनि बढेको छ । नेप्से आज १६ दशमलव ९५ अङ्कले बढेर दुई हजार आठ सय एक दशमलव ५२ विन्दुमा पुगको हो ।

आज बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । विकास बैंक, बीमा, उत्पादन, लगानी र म्युचल फन्ड समूहको शेयर भने ओरालो लागेको छ ।

आज दुई सय २४ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर सात अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पञ्चकन्यामाई हाइड्रो, अपर तामाकोशी जलविद्युत्, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल र महालक्ष्मी विकास बैंकको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ ।