logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
650
Shares

प्रहरीले १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

ईस्मा गाउँपालिका–३ दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।