logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा देशभर थपिए ४१२ कोरोना संक्रमित, एक जनाको मृत्यु


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ४१२ जना कोरोना संक्रमित थपिएका छन् ।

१०,१०६ जनामा गरिएको पिसिआर परीक्षणबाट ३६३ र १,८८७ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा २०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९८,९१६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४८३ पुगेको छ ।

अहिले देशभरिमा ७,६३६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,१६३ जना होम आइसोलेसनमा र ४७३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

त्यसैगरी २२४ जनाको आईसियुमा उपचार भइरहँदा ६० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।