logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी सेना भन्छः चीनले अमेरिकामाथि जुनसुकै बेला आणविक हमला गर्छ


अंकुरण खबर
780
Shares

चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाईल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाईल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाईल खसाल्यो, जुन पुनः चीनमै फर्कियो। उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ।’

चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए।

‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘चीनले बिकसित गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ।’

ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो। सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो।

अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीब्र गतिमा आणविक हतियार बिकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ। अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन्। एजेन्सी