logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रीको टुङ्गो लगाउन माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको बैठक आज बस्दै


अंकुरण खबर
1.235K
Shares

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको आज बैठक बस्दैछ ।

बिहीबार बिहान ११ बजे बस्ने बैठकमा पार्टीबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने कर्णाली प्रदेशका माओवादी नेता रामदिप आचार्यले बताए । आज बस्ने बैठकले चार जना मन्त्री छान्ने तयारी गरिएको बताइएको छ ।

मन्त्री हुने सम्भावित नामहरुमा विन्दमान विष्ट (सुर्खेत), कृष्णा शाह (जाजरकोट), वीरबहादुर शाही (डोल्पा) र रातो कामी (रुकुम पश्चिम) रहेका छन् ।

काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको दुई साता वितिसक्दा पनि कर्णाली सरकारले मन्त्रीहरु नियुक्त गर्न सकेको छैन । यसबीचमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री शाहीले कृषि मन्त्रीमा नियुक्त गरेका छन् ।