logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीश राणाले तोके आफू बाहेकका ९ वटा इजलासमा २५९ वटा मुद्दा पेसी


अंकुरण खबर
1.339K
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा बिहीबार ९ वटा इजलास तोकेका छन् ।

विभिन्न मुद्दाका लागि इजलास तोकेका जबराले आफूलाई भने कुनै पनि इजलासमा राखेका छैनन् । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ नगर्ने घोषणा गरे पनि बिहीबार २५९ वटा मुद्दा पेसीमा राखिएको छ ।

प्रधानन्यायाधीश जबराले बिहीबार नै ‘ फुलकोर्ट’ राख्ने तयारीसमेत गरेका छन् । सर्वोच्चका अन्य न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गरी गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रियाका लागि दबाब दिँदै आएका छन् ।