प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान भएको दुई शीर्ष नेताबीचको भेटवार्तामा राजदूत नियुक्तिको विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार भेटमा अन्य समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएको छ ।