प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग गर्दै संघर्षरत नेपाल बार एशोसिएसन र प्रहरीबीच सर्वोच्च अदालत परिसरमै झडप भएको छ ।
धर्नामा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् ।
वकिलहरु मूख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आउदा केही वकिलहरू घाइते भएका हुन् ।
झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका छन् ।