logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारले बोलायो आकस्मिक बैठक


अंकुरण खबर
624
Shares

नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।

आफूहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै बारले पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार एकाइका प्रतिनिधिको बैठक बोलाएको हो।

बैठक आज अपराह्न बारको भवन रामशाहपथमा बस्ने बताइएको छ। यसअघि पनि बारको अगुवाइमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको उक्त ‘दमन’विरुद्ध अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थामा उजुरी गर्ने चेतावनी दिइसकेको भए पनि आज प्रहरीले आफूहरूमाथि फेरि बल प्रयोग गरेको भन्दै बारले आपत्ति जनाएको छ।

आज प्रहरीले लाठी प्रहार गर्दा  बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार सचिव ऋषिराम घिमिरे घाइते भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्ना बस्दै आएका छन्। आज ती कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वारतर्फ सर्वोच्च प्रवेशको वैकल्पिक बाटो छेक्न बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो।

काननु व्यवसायीहरु सर्वोच्चको मूल गेटमा धर्ना बसेपछि प्रधानन्यायाधीश जबरा यसअघि महान्यायाधिवक्ताको कार्यालयको वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गर्दै आएका थिए। आज कानुन व्यवसायीहरूले अर्को  बाटो पनि रोक्ने प्रयास गरेका थिए।