प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आह्वानमा सर्वोच्च अदालतको फुलकोर्ट बैठक अहिले बसिरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।
प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागू गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको ले आफूहरु बैठकमा उपस्थित हुन तयार भएको एक न्यायधीसले बताए ।