कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ।
बुधबार राति दूधकोसी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेतको मृत्यु भएको प्रदेश–१स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए।
दक्षिणतर्फ जाँदै गरेको को१व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए।