logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभा निर्वाचन मिति तय


अंकुरण खबर
1.274K
Shares

सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको जानकारी दिए।

आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । सरकारले आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको उनको भनाइ छ ।

संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा पनि राजनीतिक सहकार्य गर्ने सहमति गरेका छन् ।