नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।
आज छापावाला सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ कायम भएको छ ।