logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने


अंकुरण खबर
741
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

गत कात्तिक २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले मंसिर १४ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् ।

शुक्रबार प्रदेशसभा सचिवालयले प्रदेश सभा अधिवेशन आह्वान गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले मंसिर १४ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिएको छ । उनले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । शाही गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसअघि माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाही कर्णालीको मुख्यमन्त्री थिए । तर, पूर्वसहमतिअनुसार उनले नेपाली कांग्रेसलाई मुख्यमन्त्री छोडेका थिए ।