पछिल्लो २४ घन्टामा देशभरिमा २९६ जना कोरोना संक्रमित थपिएका छन्।
७,७७७ जनामा गरिएको पिसिआर परीक्षणबाट २७१ र १,१९५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३६९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९९,५४५ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४९४ पुगेको छ।
यस्तै, अहिले देशभरिमा ७,५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,०६० जना होम आइसोलेसनमा र ४७९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। २३१ जनाको आईसियुमा उपचार भइरहँदा ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।