logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २ सय ४२ कोरोना संक्रमित, ४ सय ४४ संक्रमणमुक्त


अंकुरण खबर
1.105K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १ सय ३६ जनाको परीक्षणमा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार ९ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ७ हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता अहिलेसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख  ७६ हजार ७०३ जना छन् ।