logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल र महासचिवमा चेतनाथ धमला चयन


अंकुरण खबर
1.365K
Shares

नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल चयन भएका छन् ।

काभ्रेको वनेपामा सङ्घको सम्पन्न चौंथो राष्ट्रिय सम्मेलनले दुवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन गरेको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा. शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा चयन भएका छन् । अझै केही सदस्य पछि मनोनयन गरिने संघले जनाएको छ ।

विस २०६३ मा स्थापना भएको सङ्घले साहित्यिक पत्रकारको हकहितमा काम गर्दै आएको छ । सम्मेलन १३ बुँदे वनेपा घोषणापत्र पनि जारी गर्दै सकिएको छ ।