हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएका कारण आज(आइतबार)बाट मौसममा सुधार आउने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि नेपालमा मौसम प्रतिकुल रहँदै आएकोमा आज आइतबारबाट मौसममा सुधार आउँने छ । नेपालको मौसममा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव हटेसंगै अब क्रमिक रुपमा मौसम सुधार हुँने महाशाले जनाएको हो।
महाशाखाले आइतबार बिहान प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यस्तै दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राती पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ।