logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
1.3K
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ क्लब खेल्दैछन् । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

हिजो भएका खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको थियो भने सङ्कटा क्लब र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका थिए ।

अस्तिदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १४ क्लब सहभागी छन् ।