logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा कार्यकारिणी समिति बैठक बस्दै


अंकुरण खबर
2.327K
Shares

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ।

यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो। उपेन्द्र यादवको पुतला र जसपाको झण्डा नै जलाइएको थियो।

यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो। यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन्।

उनको जवाफमाथि छलफल गरेर कारवाही गर्ने कि सफाइ दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ।