नेकपा (एकीकृत समाजवादी) आज प्रदेश २ सरकारमा सहभागी हुन लागेको छ।
मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेश मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। जसमा एकीकृत समाजवादीका दुई मन्त्री थपिने भएका छन्।
एकीकृत समाजवादीले उद्योग, वन, पर्यटन तथा वातावरण र कानून तथा प्रदेश मामिला मन्त्रालय पाउने सहमति भइसकेको एक नेताले बताए।
एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतोले पर्यटन मन्त्रालयको र प्रमोद यादवले कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। उनलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ।
एकीकृत समाजवादीलाई सरकारमा ल्याउन जसपाका रामनरेश रायलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए।
प्रदेश २ मा गठबन्धनका सबै दल प्रदेश सरकारमा सहभागी हुनेछन्। यसअघि कांग्रेस र माओवादी यसअघि नै सरकारमा सहभागी भइसकेका छन्।