logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशले तोके आइतबार सबै प्रकारका ३३४ मुद्दाको पेशी


अंकुरण खबर
858
Shares

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतवारआफू बाहेकका न्यायाधीशको इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले आइतबार सबै प्रकारका ३३४ मुद्दाको पेशी तोकेका हुन् । त्यसका लागि उनले नौ वटा इजलास गठन गरेका छन् ।

तर जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले भने आइतपवार पनि विरोध जारी राखेका छन्। उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन्।

आज सर्वोच्चसँगै देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको बहस नगरिने नेपाल बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

बारको अगुवाइमा कानून व्यवसायीहरू तीन सातादेखि प्रधानन्यायाधीशको विरोध गर्दै आएका छन्। आजदेखि आन्दोलनलाई देशव्यापी बनाएका छन्।