एमाले उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका बताएका हुन् ।
रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने एमालेको योजना छ । तर उपाध्यक्ष रावलको उम्मेदवारी घोषणाले एमालेको उक्त योजनामा धक्का लाग्ने देखिएको छ ।
उपमहासचिव धनश्याम भुसालले पनि अध्यक्षमा उम्मेदवारी दिने बताउदै आएका छन् ।