logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

साताको पहिलो दिन साढे ११ अङ्कले घट्यो शेयर बजार


अंकुरण खबर
1.131K
Shares

साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ ।

नेप्से आज आइतबार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको हो।

आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्सेका अनुसार दुई सय २५ कम्पनीका ७८ लाख ९४ हजार कित्ता शेयर चार अर्ब ३५ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ५० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।