logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज पनि दुई खेल हुँदै


अंकुरण खबर
1.898K
Shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् ।

दुवै टिम आज सुखद सुरुवात गर्ने दाउमा छन् । यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम एनआरटी खेल्ने छन् ।

यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भए । ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो भने मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले हराएको थियो ।