नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको प्रतितोला ९३ हजार ४ सयमा कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २७० पुगेकोे महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।