logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्च अदालतमा आजका लागि एकलसहित १२ इजलास तोकियो


अंकुरण खबर
793
Shares

सर्वोच्च अदालतमा सोमबारका लागि १२ इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आजका लागि एउटा एकलसहित ११ संयुक्त इजलास तोकेका हुन ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश राणाले न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाल, दीपककुमार कार्की र हरिप्रसाद फुयाल, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, डा आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्मा, तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना तथा तेजबहमदुर केसी र डा मनोजकुमार शर्माका लागि संयुक्त इजलास तोकेका छन ।

यस्तै, राणाले प्रकाशमान सिंह राउतका लागि एकल इजलास तोकेको सर्वोच्चले जनाएको छ ।