logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


अंकुरण खबर
728
Shares

सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्ती बसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृत्यु भएको छ।

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए।

बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन्। घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन्।

मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन्। शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।