नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
बैठक तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गरिने जानकारी दिइएको थियो ।