logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमाले अध्यक्ष ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने


अंकुरण खबर
1.911K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले अपरान्ह २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले अध्यक्ष ओलीले आज महाधिवेशन केन्द्रित रहेर सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेको एमालेका नेता सुर्य थापाले जानकारी दिए ।

आगामी महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा पुनः दोहोरिने ओलीको योजना रहेको छ । तर उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि ओलीको योजनामा बाधा उत्पन्न भएको छ ।

यसअघि आजै विहान ११ बजे एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

१०औँ महाधिवेशनको तीन दिन अघि बस्न लागेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।